मृत्युको १५ मिनेट पहिले हाम्रो दिमागले यस्तो सोच्दछ « Nagarik Khabar

मृत्युको १५ मिनेट पहिले हाम्रो दिमागले यस्तो सोच्दछ



एजेन्सी । मानिस मृत्युको सामुन्ने पुग्दा उसको दिमागले के सोचिरहेको हुन्छ भन्ने पहिलो पटक रेकर्ड भएको छ । वैज्ञानिकहरुले मर्दै गरेको दिमागले अन्तिम समयमा आफ्नो जीवनका राम्रा कुराहरुको सम्झना गरिरहेको हुन्छ भन्ने सोच्ने गरेको बताएका छन् । रिपोर्टका अनुसार वैज्ञानिकहरुले ख्यालख्यालैमा हाम्रो सबैभन्दा जटील अंग दिमागलाई रेकर्ड गरेका छन् । यस सन्दर्भमा दिमागले अन्तिम समयमा कसरी काम गर्दछ भन्ने उनीहरुले रेकर्ड गरे ।

द सनको रिपोर्टका अनुसार एक अस्पतालमा बिरामीको उपचार भइरहेको थियो । ८७ वर्षका एक व्यक्तिलाई छारे रोगको उपचार भइरहेको थियो । उनलाई इइजीमा जोडिएको थियो । उपचारका क्रममा उनलाई एक्कासी हृदयघात भयो र उनको मृत्यु भयो । मृत्युभन्दा पहिले ती व्यक्तिको रेकर्ड गरिएको थियो । त्यसबाट स्पष्ट भयो कि ती व्यक्ति आफ्नो अन्तिम समयमा राम्रा कुराहरुको स्मरण गरेको पाइयो । ती कुरा १५ मिनेट इइजीमा रेकर्ड गरिएको थियो ।

यसबाट बिरामीको मृत्युको ३० सेकेण्डको बेला अन्तिम मुटुको गति धेरै नै तीब्र थियो र अनौठो वेभ रेकर्ड दर्ता भएको थियो । यस वेभलाई Gamma Oscillations नाम दिइयो । यसबाट पुरानो स्मृति हुने र सपना जस्तो अनुभूति हुने हुन्छ । रिपोर्टमा यसको पूर्ण रुपमा अनुसन्धान हुन भने अझै बाँकी रहेको छ । तर मानिस मर्नु अधि आफ्ना राम्रा कर्महरुको स्मरण गर्ने गरेको भने रिपोर्टमा बताइएको छ ।

यो अनुसन्धानले यस सन्दर्भमा ती व्यक्तिका दिमाग धेरै नै सक्रिय रहेको पाइयो । साथै अन्तिम समयमा मानिसको दिमागले कुनै सपना देखिरहेको हुन्छ । अचम्मको कुरा त हाम्रो शरीर भने मरिसकेको हुन्छ तर हाम्रो दिमाग भने काम गरिरहेको हुन्छ ।

यो अनुसन्धानको आयोजना गर्ने ले लुइसविले जमर विश्वविद्यालयका एक न्यूरोसर्जन डा. अलमल जमेरले दिमागले अन्तिम समयमा आफ्ना सत्कर्मका बारेमा सम्झन थाल्दछ । उनले दिमागमा अन्तिम समयमा जीवन कसरी समाप्त हुन्दै छ भन्ने तनाव थपिन्छ । यसप्रकारको ब्रेनवेभ परिवर्तन मुसाहरुमा पहिले देखिएको थियो तर मानिसमा भने यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: