कोरोनाबाट थप २ जनाको मृत्यु, १५८ जना संक्रमित « Nagarik Khabar

कोरोनाबाट थप २ जनाको मृत्यु, १५८ जना संक्रमित



काठमाडौँ । नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ४५८ पिसिआर परीक्षणका क्रममा ९२ जना र २ हजार ४६ एन्टिजेन परीक्षणका क्रममा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९३८ जनाको मृत्यु भएको छ ।

मंगलबार थप ३५४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार १६७ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ९७१ सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: