२४ घन्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु, १२७ जना संक्रमित « Nagarik Khabar

२४ घन्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु, १२७ जना संक्रमित



काठमाडौँ । नेपालमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ६ सय ७२ पिसिआर परीक्षणका क्रममा १२३ जना र २ हजार २०२ एन्टिजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९४१ जनाको मृत्यु भएको छ ।

बुधबार थप ३ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार ४८८ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ७७० संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: