कोरोनाबाट एक जनाको मृत्यु, ७७ जना संक्रमित « Nagarik Khabar

कोरोनाबाट एक जनाको मृत्यु, ७७ जना संक्रमित



काठमाडौँ । नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ६०७ पिसिआर परीक्षणका क्रममा ६२ जना र २ हजार ३७४ एन्टिजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

शुक्रबार थप १८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ६८६ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २१२ सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: