८२ जनामा कोरोना संक्रमण पुष्टि, २१३ जना निको « Nagarik Khabar

८२ जनामा कोरोना संक्रमण पुष्टि, २१३ जना निको



काठमाडौँ । नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ७९० पिसिआर परीक्षणका क्रममा ४१ जना र १ हजार ३८५ एन्टिजेन परीक्षणका क्रममा ४१ जनामा नै कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप २१३ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ५६१ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ४ हजार ५७४ सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: