२४ घन्टामा थपिए ३७ संक्रमित, ३८३ जना कोरोनामुक्त « Nagarik Khabar

२४ घन्टामा थपिए ३७ संक्रमित, ३८३ जना कोरोनामुक्त



काठमाडौँ । नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७९८ पिसिआर परीक्षणका क्रममा २८ जना र १ हजार २६३ एन्टिजेन परीक्षणका क्रममा ९ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ३८३ संक्रमित कोरोना मुक्त भएका छन् । हाल नेपालमा ३ हजार २ सय ४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: