काठमाडौँ । नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ९७८ पिसिआर परीक्षणका क्रममा ४१ जना र १ हजार ७७४ एन्टिजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन ।
सोमबार थप १४७ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार १ ११ जना निको भएका छन् ।
हाल नेपालमा ३ हजार १३५ सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।