सार्वजनिक स्थानमा कुकुरकाे मलमुत्र फालेपछि … « Nagarik Khabar

सार्वजनिक स्थानमा कुकुरकाे मलमुत्र फालेपछि …



म्याड्रिड । ६ महिनाअघि आफ्नो पाल्तु जनावरले कुनै सार्वजनिक स्थलमा दिसा गर्दा उसको मालिकले ठुलो क्षतिपूर्ति तिर्दा जोकोहीलाई पनि पीडा हुनसक्छ । यस्तै पीडा स्पेनकी एक महिलाले अनुभूति गरेकी छिन् । ६ महिनाअघि एउटा सहरमा घुम्न जाने क्रममा उनको कुकुरले गरेको मलमुत्र नउठाएको भन्दै उनलाई ५७० डलर जरिमाना तोकिएको छ ।

स्पेनको भालिन्सिया क्षेत्रकी ती अज्ञात महिलाअगस्टमा बेनलमाडेनामा बिदा मनाउन जाने क्रममा उनको बुल टेरर (कुकुर)ले गरेको दिसाका कारण उनलाई जरिमाना तोकिएको हो ।

माल्गा प्रान्तको सुमद्री क्षेत्रमा पर्ने सहरमा कुकुरले गरेको फोहर अधिकारीहरुले कसरी थाहा पाए त ? समुद्री किनारमा रहेको मलमुत्र उनकै कुकुरको हो भन्ने अधिकारीले पुष्टि गरेका थिए । कुकुरले गरेको दिसाको डिएनए परीक्षणमार्फत् अधिकारीहरुले महिलाको ‘अपराध’ पत्ता लगाएका थिए ।

स्पेनमा नगरपालिकाका कुकुरहरुको डिएनको डाटाबेस राख्ने र संकलन गर्ने विषयमा विज्ञ कम्पनी एडिएन क्यानियोले सन् २०१४ देखि स्थानीय अधिकारीहरुसँग मिलेर काम गर्दै आएको छ ।

कुकुरहरुलाई जथाभावी छोड्न र दुर्व्यवहार हुनबाट जोगाउन डिएनए नमुना अध्ययन गर्नु कम्पनीको मुख्य उद्देश्य हो । तर, ककुरको मलमुत्र नहटाउने कुकुरका मालिक पत्ता लगाउन पनि सोही प्रविधि प्रयोग गर्न सकिन्छ ।

‘कुकुरको आनुवंशिक गणनाले आवश्यक माइक्रोचिप रजिस्ट्रेसनलाई सहयोग गर्ने र जुनसुकुै सहर, प्रान्त वा स्वायत्त समुदायका जनावर भए पनि तिनिहरुलाई एउटा राष्ट्रिय तहमा राम्रोसँग नियन्त्रण गर्न अनुमित दिन्छ,’ एडिएन क्यानिनोका सिइओ इनरिक्यू पेरिग्युल भन्छन् ।

दुर्भाग्यवश सजाय सुनाइएकी महिलाको सन्दर्भमा भने प्याटर्ना सहरले गत सेप्टेम्बरमा कुकुरको डिएनए प्रणाली लागु गरेको थियो । उनले तत्कालै आफ्नो कुकुरलाई त्यसमा दर्ता गरेकी थिइन् । कुकुर हराएको अवस्थामा उनल बीमा दाबी गर्न सक्ने भएकोले पनि उनले हतारमा दर्ता गरेकी थिइन् ।

आफ्नो सो निर्णयले ६ महिनापछि उनैलाई समस्या पार्ला भनेर उनले कल्पनासमेत गरेकी थिइनन् । महिलाले नाभर्रा रोडमा छोडेको कुकुरको मलमुत्रको नमुनालाई बेनलमाडेनाका अधिकारीहरुले संकलन गरेर म्याचका लागि एडिएन क्यानिनो डाटाबेसमा पठाएका थिए ।

कुकुरका मालिक सेवाका लागि दर्ता गर्न खोज्दा सिस्टमले म्याच भएको देखाएकाले उनका नाममा जरिवाना सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: