काठमाडौँ । नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ८८१ पिसिआर परीक्षणका क्रममा ३२ जना र १ हजार ३८७ एन्टिजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै २६६ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६४ हजार १२७ जना निको भएका छन् ।
देशभर २ हजार २१९ सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।