सरकार प्रेस तथा पत्रकारको सुरक्षाप्रति प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की « Nagarik Khabar

सरकार प्रेस तथा पत्रकारको सुरक्षाप्रति प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले विभिन्न नीतिगत र कानुनी व्यवस्था गरेर विभिन्न काम गरेको बताए ।

त्यस्तै, उनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा प्रोत्साहित गर्ने गरी सरकारले काम गरिरहेको धारणा राखे । उनले लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतले खेलेको भूमिकाको प्रसंसा गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार नीतिको कार्यान्वयनका लागि आवश्यक ऐन कानुन बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, अन्य सहभागीहरुले कोरोना प्रभावित पत्रकारहरुका लागि आवश्यक कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: