‘केजीएफ-२’ नेपालमा रिलिजका लागि अहिलेसम्मकै महँगो मूल्यमा खरिद « Nagarik Khabar

‘केजीएफ-२’ नेपालमा रिलिजका लागि अहिलेसम्मकै महँगो मूल्यमा खरिद



काठमाडौं । बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ अन्ततः नेपालमा प्रदर्शन हुने निश्चित भएको छ । भारतीय वितरक एक्सेल इन्टरटेनमेन्टले अहिलेसम्मकै महँगो मूल्यमा फिल्मको नेपाल अधिकार बिक्री गरेको जनाइएको छ ।

ब्यांकटेस इन्टरटेनमेन्ट र ए-एट फिल्म्सले नेपाल राइट खरिद गरेका हुन् । वितरक मनोज राठीका अनुसार विदेशी फिल्मलाई तिरिएको यो नै अहिलेसम्मकै सर्वाधिक उच्च मूल्य रहेको छ ।

यसअघि आमिर खान अभिनित ‘ठग्स अफ हिन्दुस्तान’लाई उच्च मूल्यमा ल्याइएको थियो । यद्यपि, उनले कति मूल्यमा ‘केजीएफ च्याप्टर २’ ल्याइएको भन्ने चाहिं खुलाइएको छैन ।

राइट खरिद भएसँगै फिल्मको नेपाल प्रदर्शन पक्का भएको छ । यश स्टारर फिल्मको मूल निर्माण कन्नड भाषामा भएपनि यसको हिन्दी डब भर्सन नेपाल आउन लागेको हो । फिल्ममा यशसहित सञ्जय दत्त, रविना टण्डन, श्रीनिधि सेट्टी र प्रकाश राजको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: