प्रचण्डले गरे सहिद रामप्रताप साह प्रवेश द्वार उद्घाटन « Nagarik Khabar

प्रचण्डले गरे सहिद रामप्रताप साह प्रवेश द्वार उद्घाटन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद रामप्रताप साह प्रवेश द्वार उद्घाटन गरेका छन् । आज सिरहा पुगेका अध्यक्ष प्रचण्डले नगर अस्पताल भवन पनि शिलान्यास गरे ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृटिमा गेट बनाइएको हो ।

२०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो । क्षेत्र नम्बर-५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए ।

May be an image of 1 person, standing and outdoors

तर, अहिले उनले निर्वाचन क्षेत्र परिवर्तन परिवर्तन गरेका छन् । गृह जिल्ला चिवतन उनको निर्वाचन क्षेत्र भएको जिल्ला भएको छ ।

May be an image of one or more people, people sitting, people standing, crowd and outdoors
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: