मेलम्चीको पानी आजदेखि काठमाडौं आउँदै « Nagarik Khabar

मेलम्चीको पानी आजदेखि काठमाडौं आउँदै



काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा आजदेखि पुनः पानी पठाइने भएको छ। आज बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलो सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ।

असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पुर्याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ७ गते देशबासीका नाममा सम्बोधन गर्दै बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना मैन मसान्तभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा समेत मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र काठमाडौँ उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।​

आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पानी पुनः सञ्चालन गर्न लागिएको हो । सरकारको लक्ष्य अनुरूप निर्धारित समयमा आयोजना पुनः सञ्चालन खानेपानी मन्त्रालयले कार्ययोजनासाहित काम अघि बढाएको थियो।

आयोजना आजबाट पुनः सञ्चालनमा आएपछि २७ किलोमिटर लामो सुरुङमार्ग मार्फत दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाइने छ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: