काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा बेलायतमा पिपल नेपाल रन युकेको आयोजना गरिने भएको छ ।
पोखरेली मञ्च युके र नेपाल रन ओआरजीले आयोजना गरेको सो कार्यक्रम एनआरएनए युकेका निवर्तमान अध्यक्ष पुनम गुरुङले संयोजन गरेका छन् ।
अप्रिल १७ का दिन सो कार्यक्रम राखिएको छ । यो कार्यक्रमको पिपल मोर्गेजले स्पोन्सर गरेको छ भने बेजिङस्टोक नेप्लीज कम्युनिटीले सपोर्ट गरेको छ ।
सो कार्यक्रम बेजिङस्टोकस्थित वार मेमोरियल पार्कमा हुँदैछ । कार्यक्रमको प्रमुख अतिथि बेलायतस्थित नेपाली राजदूतावासका डीसीएम रोशन खनाल रहनेछन् ।
सो कार्यक्रमबाट संकलिल रकम अपाङ्गता भएकाहरुले सञ्चालन गरेको डोम क्याफे, पोखरा म्याराथन र धरान रनलाई सहयोग गरिने संयोजक गुरुङले जानकारी दिए ।
