मानव खप्पर तथा हड्डीसहित एक जना पक्राउ « Nagarik Khabar

मानव खप्पर तथा हड्डीसहित एक जना पक्राउ



मोरङ। मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ रानीस्थित नम्बर १ घाट ईलाकाबाट चैत्र २९ गते सशस्त्र प्रहरीले एउटा मानव खप्पर तथा शरिरका विभिन्न हड्डीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतमा घर बताउने २६ बर्षिय आदित्य चिन्हा छन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका निजलाई शंका लागि जाँच गर्दा उनले बोकेको झोलामा उक्त मानव खप्पर तथा शरिरका विभिन्न हड्डी फेला पारिएको हो । पक्राउ परेका उनलाई बरामद हड्डीसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: