चुनाव सारिए देश गम्भीर दुर्घटनामा पर्छः थपलिया « Nagarik Khabar

चुनाव सारिए देश गम्भीर दुर्घटनामा पर्छः थपलिया



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन् ।

मंगलबार निर्वाचन आयोगद्वारा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका सबै तयारी पूरा भएर मतपत्र समेत छाप्ने काम भइरहेको अवस्थामा निर्वाचन सारिए त्यो मुलु्कका लागि दुर्भाग्यपूर्ण हुने बताए ।

उनले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दिए । ‘निर्वाचनको रकेट उडिसक्यो त्यो अब निर्वाचन सम्पन्न नगर्दासम्म बीचैमा अवतरण हुने भन्ने प्रश्न नै हुँदैन,’ थपलियाले भने । उनले निर्वाचन सार्ने कुराको कल्पनै गर्न नसकिने बताए । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: