थप १८ जनामा कोरोना संक्रमण पुष्टि « Nagarik Khabar

थप १८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा शनिबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ९१ पिसिआर परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ९८ जना निको भएका छन् । हाल नेपालमा २ सय ८३ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: