लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द « Nagarik Khabar

लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द



लमजुङ । लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । आज आइतबारदेखि मंगलबारसम्म हरेक दिन बिहान ७ बजेबाट बेलुका ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।

वैशाख ११ गते आइतबारबाट १३ गते मंगलबारसम्म बिहान ७ बजेबाट बेलुका ४ बजेसम्म ११ केभी बेंसीशहर फिडर सटडाउन गर्ने केन्द्र प्रमुख यमकुमारी गुरुङले बताइन् ।

उनका अनुसार बेँसीसहर फिडरबाट विद्युत वितरण हुँदै आएको बेँसीसहर नगरपालिका, मर्स्याङदी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ ।

बेसीशहर नगरपालिका १ दलालस्थित २२० केभी प्रसारण लाइन आयोजनाको तार तान्ने कार्य गर्नुपर्ने भएको र उक्त लाइनमा बेँसीसहर फिडर क्रसिङ पर्ने भएकाले लाइन काटिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: