नेपाली चलचित्र ‘प्रेमगन्ज’ भारतमा पनि चल्ने « Nagarik Khabar

नेपाली चलचित्र ‘प्रेमगन्ज’ भारतमा पनि चल्ने



काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा ले पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोसन पिक्चरबीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकाता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बइ, दिल्ली, दार्जिलिङ, सिक्किमलगायतका सहरहरुका १०० भन्दा धेरै स्कृनमा एकसाथ प्रदर्शन हुने भएको छ ।

पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोश्रो चरणमा भारतका अन्य ठुला सहरहरुमा पनि प्रदर्शन हुने छ । प्रेमगन्ज नेपाल–भारत दुवै देशमा एउटै मिति भाद्र ३ अर्थात् अगस्ट १९ मा एकैसाथ प्रदर्शन हुने छ । लाखौँ नेपाली र नेपालीभाषी बसोबास गर्ने भारतमा ‘प्रेमगन्ज’ चलचित्र नेपाली भाषामा नै प्रदर्शन हुन लागेको हो भने अंग्रेजी सब टाइटल भने हुने छ ।

प्रेमगन्जलाई ड्रिम्स थिएटर मोसन पिक्चरका सञ्चालक म्याबो ह्यङ्गले अल इन्डिया वितरण गर्न लागेका हुन् । फिल्म राम्रो बनेको र इन्डियामा पनि नेपाली चलचित्रको बजारको सम्भावना ठुलो रहेको र यो चलचित्रले राम्रो कमाइ गर्नेमा आफू विश्वस्त रहेको म्याबो ह्यङ्गले बताए । नेपाली चलचित्रलाई भारतीय बजारसम्म लैजानका लागि कालिङ्पोङका कलाकार अनुज शर्मा र सिक्किमका कलाकार अमीर मेघीले सहजीकरण गरेका हुन् ।

परिच्छेद सेनको निर्देशनमा बनेको यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँलगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै, फिल्ममा पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो ।

यस अघि निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: