थप १० जनामा कोरोना पुष्टि, १८ जना संक्रमणमुक्त « Nagarik Khabar

थप १० जनामा कोरोना पुष्टि, १८ जना संक्रमणमुक्त



काठमाडौँ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ६४ पिसिआर परीक्षणका क्रममा ८ जना र १ हजार १६२ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै, थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५५८ जना निको भएका छन् ।

हाल नेपालमा २६१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: