थप २० जनामा कोरोना पुष्टि, २७ जना संक्रमणमुक्त « Nagarik Khabar

थप २० जनामा कोरोना पुष्टि, २७ जना संक्रमणमुक्त



काठमाडौँ । नेपालमा आइतबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५०८ पिसिआर परीक्षणका क्रममा १८ जना र ७१४ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६५६ जना निको भएका छन् । हाल नेपालमा २२१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: