उपत्यकामा पास बिना चलाइएका २५८ ओटा सवारी साधन होल्डमा « Nagarik Khabar

उपत्यकामा पास बिना चलाइएका २५८ ओटा सवारी साधन होल्डमा



काठमाडौँ । ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौँ उपत्यकामा सवारी पास बिना चलाइएका २५८ ओटा सवारी साधनलाई होल्डमा राखेको छ ।

उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ ओटा दुईपाङ्ग्रे र २२ ओटा चारपाङ्ग्रे रहेका छन् ।

काठमाडौँ उपत्यकालगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । आज स्थानीय तहको मतदानको दिन भएकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

अत्यावश्यक तथा पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: