खार्पुनाथमा कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते « Nagarik Khabar

खार्पुनाथमा कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते



सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन् ।

खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका हुन् ।

इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको हो ।

खार्पुनाथामा एमालेलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेको छ भने माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: