ललितपुरको गोदावरी नगरपालिकामा पनि गठबन्धन अगाडि « Nagarik Khabar

ललितपुरको गोदावरी नगरपालिकामा पनि गठबन्धन अगाडि



ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा पनि नेकपा (माओवादी केन्द्र)–नेपाली कांग्रेसको गठबन्धन अघि देखिएको छ ।

गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार मुनाअधिकारीले ६२६ मत प्राप्त गरेकी छन् ।

एमालेका उम्मेदवार गम्भीर रानाले ४५३ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४५२ मत पाएकी छिन् ।

एमालेका वडाध्यक्ष उम्मेदवारले भने ४५३ मत पाएका छन् । गोदावरी नगरको १ नम्बर वडा गोदामचौरबाट मतगणना सुरु भएको अधिकृत रिजालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: