काठमाडौँमा एक मत गन्न २० मिनेट समय « Nagarik Khabar

काठमाडौँमा एक मत गन्न २० मिनेट समय



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणनामा ढिलाइ भइरहेको छ । मतगणना सुरू भएको साढे दुई घन्टा बितिसक्दा पनि ७५ मत मात्र गणना हुन सकेको छ । बिहान ९ः५५ बजेदेखि सुरू भएको मत गणनामा वडा नम्बर १ र ३२ वडाको एकैसाथ भइरहेको छ ।

काठमाडौँ महानगरपालिका धेरै उम्मेदवार भएकाले मत गणना गर्न धेरै समय लागिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि मात्रै ५४ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, उपमेयरका लागि ३० जनाको उम्मेदवारी परेको छ । जसले गर्दा मत गणनामा समय लागिरहेको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

बिहान ८ बजेदेखि मतगणना गर्ने भनिएको थियो । तर, स्वतन्त्र उम्मेदवारको तर्फबाट प्रतिनिधि राख्ने विषयमा कुरा नमिलेपछि झन्डै १० बजेबाट मात्रै मत गणना सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: