भरतपुर महानगरपालिकामा एमालेका सुवेदीको आग्रता « Nagarik Khabar

भरतपुर महानगरपालिकामा एमालेका सुवेदीको आग्रता



चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विजय सुवेदीले सुरुवाती अग्रता लिएका छन् । आज दिउँसोदेखि सुरु गरिएको मतगणनामा सुवेदीले ४१ मत प्राप्त गरे ।

यस्तै वामलोकतान्त्रिक गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेकी रेनु दाहालले ३७ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आज अपराह्न ३ बजेसम्म गनिएका एक सय मतमा यो परिणाम आएको हो । यस्तै, उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ र राप्रपाकी हिमला गुरुङले ३५ मत प्राप्त गरेका छन् ।

यस्तै, वडाध्यक्षमा नेकपा (एमाले)का शुक्र श्रेष्ठले ४२ मत र नेपाली कांग्रेसका केशव महर्जनले २९ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: