रसुवाको कालिका गाउँपालिका–१ मा माओवादीको प्यानल नै विजयी « Nagarik Khabar

रसुवाको कालिका गाउँपालिका–१ मा माओवादीको प्यानल नै विजयी



रसुवा । रसुवाको कालिका गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । नतिजाअनुसार वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र)को प्यानल नै विजयी भएको छ ।

माओवादी केन्द्रका दावा तामाङले ५६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले ५४८ मत ल्याए । यस्तै, नेकपा (एमाले)का आङतेम्बाले एक सय ७२ मत ल्याएका छन् ।

महिला सदस्यमा कल्पना तामाङ, दलित महिला सदस्यमा ज्योतिसरा परियार, खुला सदस्यमा लक्षिण लामा तामाङ र उर्पा थोक्रा तामाङ विजयी भएका हुन् ।

०७४ सालको निर्वाचनमा पनि माओवादी केन्द्रले विजयी हासिल गरेको थियो । वडाध्यक्षमा विजयी तामाङ यसअघि नेपाल पत्रकार महासंघ रसुवाका सचिव तथा जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: