पुर्चौडी–१० मा कांग्रेसका उम्मेदवार विष्ट विजयी « Nagarik Khabar

पुर्चौडी–१० मा कांग्रेसका उम्मेदवार विष्ट विजयी



बैतडी । पुर्चौडी नगरपालिका–१० को वडा अध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् ।

उनी ४८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवारले ४६८ मत प्राप्त गरेका छन् ।

वडा अध्यक्षसहित तीन सदस्य कांग्रेसबाट विजयी भएका छन् भने एक वडा सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

पुर्चौडीमा अहिलेसम्मको मतगणना अनुसार नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार दिपक बलमे ५७५ मत प्राप्त गरेका छन् भने, एमालेका कर्णबहादुर कुँवरले ४२३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: