मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रधानमन्त्री देउवा « Nagarik Khabar

मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रधानमन्त्री देउवा



भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतम बुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्धत पुगेको बताएका छन् ।

२५६६औँ बुद्ध जयन्तीको मूल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरलगायतका भ्रमणले दुवै देशका जनता बीचको सांस्कृतिक समबन्ध थप बलियो भएको बताए । मोदीको भ्रमणले दुई देशबीच ऐतिहासिक कालदेखिनै सामाजिक धार्मिक, सांस्कृतिक र परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाएको बताए ।

गौतम बुद्धको दर्शनले दुवै देशका नागरिकलाई प्रभावित पारेको बताउँदै सांस्कृतिक सम्बन्ध पनि थप बलियो बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: