गोरखामा स्वतन्त्र उम्मेदवार जसले आफैँलाई भोट हालेनन् « Nagarik Khabar

गोरखामा स्वतन्त्र उम्मेदवार जसले आफैँलाई भोट हालेनन्



  • अश्विन दानी

गोरखा । दलबाट होस्, या स्वतन्त्र उम्मेदवार । चुनावमा उठेपछि सबैको एउटै लक्ष्य हुन्छ, ‘जित’ । भनिन्छ, ‘युद्धपछि मान्छेले जित प्राप्तिका लागि हरेक तिक्डम अपनाउने भनेको चुनावमा नै हो ।’

तर, गोरखामा गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ३ मा भने यसको ठिक उल्टो भएको छ । वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएका हिराबहादुर रेग्मीले जित्नका लागि अनेक तिक्डम अपनाउनु त परको कुरा आफैँले आफैँलाई समेत मतदान गरेनन् ।

रेग्मी नेकपा (माओवादी केन्द्र)मा क्रियाशील थिए । माओवादी केन्द्रबाट उनी वडाध्यक्ष पदको आकांक्षी थिए । तर, पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिए । ‘पुतली’ चुनाव चिह्न लिएर उनी चुनावी मैदानमा होमिएका थिए ।

यस वडामा १९०५ मत खसेको थियो । अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि रेग्मीले १ मत समेत प्राप्त गरेनन् ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले मतगणना गर्दा आफू पनि उपस्थित भएनन् र प्रतिनिधि पनि पठाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: