प्रकाश तिम्सिना
सुनसरी । धरान उपमहानगरपालिकामा ३९ हजार मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ११ हजार ३३९ मत ल्याउँदै अग्रता कायम गरेका छन् ।
नेपाली कांग्रेसका किशोर राईले उनलाई ९ हजार ८३० मत ल्याउँदै पछ्याइरहेका छन् । साम्पाङ र राईको मतान्तर १ हजार ५०९ छ । त्यसैगरी २०७४ सालको निर्वाचनमा प्रमुख उपप्रमुख जितेको नेकपा (एमाले) भने तेस्रो स्थानमा छ ।
प्रमुख पदमा एमालेबाट उम्मेदवार दिएकी मञ्जु भण्डारी स्वतन्त्र र कांग्रेसभन्दा निकै तल देखिएकी छन् । उनले ८ हजार ७१ मत पाएकी छन् । उनले पाएको मत स्वतन्त्रको भन्दा ३ हजार २६८ मत कम हो ।
त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार ४२१ मत ल्याएका छन् । उनलाई एमालेका पदम लिम्बूले १० हजार ९५८ मत ल्याउँदै पछ्याइरहेका छन् ।
अहिले ११, १२, १३ वडाको गणना भइरहेको छ । बाँकी १५, १६ र १७ को भने बाँकी रहेको धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । उनले धरानको मत परिणाम अबको तीन दिन भित्रमा आइसक्नेसमेत बताए ।