काठमाडौँ–३१ मा एमाले विजयी « Nagarik Khabar

काठमाडौँ–३१ मा एमाले विजयी



काठमाडौँ । काठमाडौँ महानगरको वडा नम्बर ३१ मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

एमालेका सरोज ढकाल ४ हजार ७६७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रकाश रानाले २ हजार ९९१ मत पाए ।

वडाको खुला सदस्य एक जना भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अहिलेसम्म महानगरमा अन्तिम परिणाम आएकामध्ये वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ मा एमाले विजयी भएको छ ।

कांग्रेस वडा नम्बर ६, ७, २७, २८ र ३० मा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: