जन्तेढुंगा गाउँपालिकामा टेलिफोनमा समस्या « Nagarik Khabar

जन्तेढुंगा गाउँपालिकामा टेलिफोनमा समस्या



खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा टेलिफोनमा समस्या दोहोरिएको छ । ३ जेठदेखि एनटिसी फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको हो ।

गाउँपालिकाको केन्द्र चिसापानीबजारमै फोन नटिप्ने समस्या दोहोरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

जन्तेढुंगा गाउँपालिकामा पटक–पटक फोनमा समस्या आउने गरेको छ । तर, नेपाल टेलिकमले यसको दीर्घकालीन हल गर्न ध्यान नदिएको विष्टले बताए ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष अरुणादेवी राईकै वडा जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा समेत फोनको समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाइ हुँदा सेवाग्राही मारमा परेका छन् ।

गत चैत दोश्रो हप्ता पनि जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: