एमालेको भन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित « Nagarik Khabar

एमालेको भन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित



काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा (एमाले)को भन्दा १२१ बढी पालिकमा जित निकालेको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् ।

नेपकाल एमालेले हालसम्म १९० ओटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ ।

मतगणना भइरहेका पालिकामध्ये १५ ओटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ ओटा पालिकामा निर्वाचन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: