बालेन साहले भने– काठमाडौँलाई विश्वकै नमुना सहर बनाउँछु « Nagarik Khabar

बालेन साहले भने– काठमाडौँलाई विश्वकै नमुना सहर बनाउँछु



काठमाडौँ । काठमाडौँ महानगरपालिकामा विजय भएपछि बालेन साहले राष्ट्रिय सभादेखि तीनकुनेसम्मको क्षेत्रफलमा विजयी र्‍याली सुरु गरेका छन् ।

राष्ट्रिय सभा गृहबाट सुरु भएको विजय र्‍यालीमा उनका समर्थकहरुले सहभागिता जनाएका छन् ।

नेकपा (एमाले)का केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा विजयी हासिल गरेका हुन् ।

विजय जुलुसअघिको प्रारम्भिक प्रतिक्रियामा मेयर साहले काठमाडौँलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए ।

विजय र्‍याली जारी छ । तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: