टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिरहरु) « Nagarik Khabar

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिरहरु)



काठटमाडौँ । १५औँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेल एक कार्यक्रम गरी मनाइएको छ ।

गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थियो ।

समारोहमा ‘मेरो टोपी कैलाशको शिरजस्तो…’, बनेको छ पहराले यो छाती मेरो…’ र ‘धेरै छ गर्न स्वदेशको सेवा नेपाली भन्नलाई…’ बोलका गीत संगीत गुञ्जिएका थिए । प्रतिकूल मौसमका कारण यसवर्ष विविध जाजातिगत झाँकी र प्रदर्शनी भने राखिएको थिएन ।

जनताको बलिदानीपूर्ण संघर्षको फलस्वरुप २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य भइ गणतन्त्रको घोषणा भएको थियो ।

तस्बिर : मिङ्मार लामा

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: