साउनदेखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने « Nagarik Khabar

साउनदेखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने



काठमाडौँ । सरकारले आगामी साउन १ गतेदेखि लागु हुनेगरी तलबमा १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिने बताएका हुन् ।

निजामती, सेना, प्रहरी, शिक्षकलगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागु हुनेगरी तलबमानमा १५ प्रतिशतले वृद्धि गरिएको मन्त्री शर्माले बताए ।

हाल खाइपाई आएको महँगी भत्तालाईसमेत निरन्तरता दिएको उनको भनाइ छ । राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधाको अध्ययन गरी सरकारलाई सिफारिस गर्न एक उच्चस्तरिय तलब सुविधा आयोग गठन गरिने मन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: