गण्डकी

सोनाम ल्होछारमा दृष्टिविहीनलाई सेतो छडी

access_time2 hours ago

सोनाम ल्होछारका अवसरमा बैदाम तामाङ सेवा समाजले दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ ।

तमु सांस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित

access_time15 hours ago

तमु सांस्कृतिक प्रतिष्ठान नेपालले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

सधैं चर्चाको वरिपरि एसपी दानबहादुर कार्की

access_time17 hours ago

केही दिनअघि गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ परेका छन् । ‘शक्तिशाली’ व्यक्तिका रुपमा लिइने सांसद मनाङे पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमख एसपी दानबहादुर कार्कीको पनि चर्चा चुलिएको छ ।

विकासको जिम्मा हाम्रो, इलम गर्ने तपाईको : मुख्यमन्त्री गुरुङ

access_time21 hours ago

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाग्लुङपानी–घलेगाउँ सडक कालोपत्रेको गर्ने कामको शिल्यान्यास गरेका छन् ।

अंग्रेजी पढाउन थालेपछि गुरुकुलमा विद्यार्थीको आकर्षण

access_time1 day ago

स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदी धाम राम्दीमा रहेको गुरुकुलले संस्कृत भाषासँगै आधुनिक शिक्षा दिन थालेपछि विद्यार्थी आकर्षित भएका छन् ।

संरक्षण क्षेत्र प्रदेश मातहत दिन माग

access_time1 day ago

 गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका संरक्षण क्षेत्र आयोजनाहरुको व्यवस्थापन प्रदेशलाई दिन नेपाल सरकारसँग माग गरेको छ ।
 

बागलुङमा १४ किलोको भाले !

access_time1 day ago

उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चाहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिन काटिरहेको छ ।

गण्डकीमा घट्यो ट्रायल शुल्क

access_time1 day ago

गण्डकी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिँदा तिर्नुपर्ने शुल्क घटाइएको छ ।

वालिङ नगरपालिकामा वडाका विवाद वडामै

access_time1 day ago

स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । नगरभित्रका १४ वटै वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरेको हो ।

चार वर्षमा ९५ प्रतिशत नहर मर्मत

access_time1 day ago

तनहुँको सबैभन्दा ठूलो सिँचाइ आयोजनाको नहर मर्मतको काम ९५ प्रतिशत सम्पन्न भएको छ । घिरिङ गाउँपालिका–१ स्थित अत्रौली पुट्टार सिँचाइ उपआयोजनाको नहर मर्मतको काम ९५ प्रतिशत सम्पन्न भएको हो ।

बागलुङको बरेङ सुदला प्रहरी चौकीका लागि स्थानीयले दिए निःशुल्क जग्गा

access_time1 day ago

बागलुङको बरेङ गाउँपालिका कार्यालय हुग्दिशिर सुदलामा प्रहरी चौकी स्थापना हुने भएको छ ।

कुकुरलाई बन्ध्याकरण गरी जुकाको औषधि

access_time2 days ago

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ ।

ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष तिमिल्सिना

access_time2 days ago

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन : नारायणकाजी श्रेष्ठ १२१८ मतान्तरले विजयी

access_time2 days ago

 राष्ट्रियसभा निर्वाचन अन्तरगत गण्डकी प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश' १२१८ मतान्तरले विजयी भएका छन् ।

राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशबाट नेकपाकी भगवती न्यौपाने विजयी

access_time2 days ago

राष्ट्रियसभा निर्वाचन अन्तरगत गण्डकी प्रदेशबाट नेकपाकी भगवती न्यौपाने विजयी भएकी छन् ।

पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी आवश्यक: नेता पौडेल

access_time2 days ago

नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र पौडेलले पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षित हुनुपर्ने बताएका छन् ।

दीपक मनाङे भन्छन् : ठगलाई झापड नहानेर माला लगाइदिने ?

access_time3 days ago

प्रदेशसभा सांसद दीपक मनाङे (राजीव गुरुङ)ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेर आफुले ठिक गरेको बताएका छन् ।

माननीय भनेर मनाङेको मान राखिदिएको हो, ओभरटेक गर्न सक्थें : मिलन गुरुङ

access_time4 days ago

दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका छन् ।

मनाङेले हाने मुक्का: मुख्यमन्त्रीकै अगाडि कुटिए एन्फा कास्की अध्यक्ष

access_time4 days ago

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका छन् ।

घरवरिपरिका रूख काट्ने नगरपालिकाको अभियान

access_time5 days ago

जैमिनी नगरपालिकाले एक साताअघि रूख बिरुवा काट्ने अभियान थालेको छ । नगरपालिकाले सूचना जारी गरेर घर वरिपरिका रूख नहटाइएमा जबर्जस्ती हटाएर खर्च भराउने पनि चेतावनी दिएको छ ।

४० वर्षीया महिलालाई स्वास्थ्य चौकीमै बलात्कार, आरोपी अहेब फरार

access_time5 days ago

नवलपरासीमा एक ४० वर्षीया महिलालाई अहेबले स्वास्थ्य चौकीमै बलात्कार गरेका छन् ।

पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक

access_time5 days ago

पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ ।

बागलुङको बरेङमा सुत्केरी महिलालाई पोषिलो झोला

access_time5 days ago

बागलुङको बरेङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिरले सुत्केरी महिलालाई पोषिलो झोला वितरण सुरु गरेको छ ।

जबर्जस्ती करणी मुद्दामा साढे १२ वर्ष कैद

access_time6 days ago

जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष ६ महिना कैद फैसला गरेको छ ।

गाउँपालिका अध्यक्षको सेवासुविधाको रकम शैक्षिक सुधारमा

access_time6 days ago

म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाको एक विद्यालयमा आफ्नो पारिश्रमिकबाट अक्षयकोष स्थापना गरेका छन् ।

हिङ्कुकेभ वरिपरि अझै सात बेपत्ता, खोजीमा कठिनाइ

access_time6 days ago

अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन ।

आफ्ना बेपत्ता नागरिक खोज्न कोरियाली राजदूत पोखरामा

access_time6 days ago

हिमपहिरोमा परेका चारजना कोरियाली र तीनजना नेपाली नागरिकहरू हराइरहेका छन्। 

‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ : मन्त्री गुरुङ

access_time6 days ago

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सामुदायिक विद्यालयमा गरीबका छोराछोरी मात्रै पढ्छन् भन्ने धारणा हटाउनुपर्नेमा जोड दिएका छन् ।

अपडेट: हिमपहिरोमा बेपत्ता ६ जना अझै सम्पर्कबाहिर, चार सयभन्दा बढी पर्यटकको उद्धार

access_time1 week ago

अन्नपूर्ण बेस क्याम्प नजिक बेपत्ता परेका चार कोरियाली नागरिक र दुई नेपाली अझै सम्पर्कमा आएका छैनन्।

सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्छ : नेता गुरुङ

access_time1 week ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले तामाङ समुदायको सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
 

बाबाआमाको सम्मान र सम्झनामा अक्षयकोष स्थापना

access_time1 week ago

बैकुण्ठबासी बाबाआमाका सम्झनामा छोराछोरीहरुले एक अक्षय कोषको स्थापना गरेका छन् ।

चितुवा मृत अवस्थामा फेला

access_time1 week ago

पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे स्कुल नजिकै कच्ची सडकमा मृत अवस्थामा चितुवा फेला परेको छ ।

 

अन्नपूर्ण र माछापुच्छ्रे पदमार्गमा फसेका डेढ सयको उद्धार, पाँचजना अझै बेपत्ता

access_time1 week ago

अन्नपूर्ण र माछापुच्छ्रे आधार शिविर पदमार्गमा फसेका डेढ सयभन्दा बढी पर्यटक तथा गाइडहरुको उद्धार गरिएको छ ।

अपडेटः हिमपहिरोमा परेका चार कोरियाली र एक नेपाली अझै सम्पर्कबाहिर

access_time1 week ago

अन्नपूर्ण बेस क्याम्प नजिक बेपत्ता परेका चार कोरियाली नागरिक र दुई नेपाली अझै सम्पर्कमा आएका छैनन्।

विश्वका होचा खगेन्द्र थापा मगरको निधन

access_time1 week ago

विश्वकै होचा व्यक्तिको रुपमा कीर्तिमान राखेका बाग्लुङका खगेन्द्र थापा मगरको मृत्यु भएको छ ।

कालीमाटी दुर्घटनाः मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

access_time1 week ago

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा बुधबार भएको दुर्घटनामा निधन भएका प्रहरीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।




menu LIVE TV
menu LIVE TV