प्रदेश १

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत

access_time2 weeks ago

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ ।

किसानलाई फौजी कीराको पिरलो

access_time2 weeks ago

धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् ।

केरा बेचेरै मासिक ५० हजार

access_time2 weeks ago

पैसा कमाउन र स्वरोजगार हुन धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण अहिले उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका कृषकले पुष्टि गरेका छन् ।

घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण

access_time2 weeks ago

दोलखाको वैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ३११ अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

पेट्रोल किन्न हेल्मेट अनिवार्य

access_time2 weeks ago

मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ ।

धरानमा छ्यापछ्याप्ती म्याद गुज्रिएका खाद्य सामग्री

access_time2 weeks ago

सुनसरीको धरानमा गरिएको बजार अनुगमनमा सबैभन्दा बढी म्याद सकेका फेन्टा र कोक फेला परेको छ ।

विदेशीलाई नागरिकता दिएको आरोपमा पाँचजना पक्राउ

access_time2 weeks ago

आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँचजनालाई प्रहरीले गए राति पक्राउ गरेको छ ।

गोरु काटेको अभियोगमा चारजनाविरुद्ध मुद्दा दायर

access_time2 weeks ago

चौदण्डी नगरपालिका–३ हात्तीसारका चार जनालाई गोरु काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

हात्तीको आक्रमणबाट एकको मृत्यु

access_time2 weeks ago

सुनसरीको कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ ।

कुकुर मारिएको भाइरल भिडियो: मेयर भन्छन्, मान्छे ठूलो कि कुकुर ?

access_time2 weeks ago

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको सामुदायिक कुकुर हटाउने अभियान अन्तर्गत कुकुर मारिएको एक दृश्य सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

मेयर द्वारिकलाल चौधरीले पुनः चलाए डोजर

access_time2 weeks ago

इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र निर्माण गरिएका अस्थायी संरचना र त्यहाँ राखिएका सामग्रीहरु हटाउन सुरु गरेको छ ।

अलैँची गोडेर फर्कँदा पहिरोमा परी एकजनाको मृत्यु

access_time2 weeks ago

भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।

सर्प शत्रु होइन, साथी

access_time3 weeks ago

विषालु सर्पको डसेको मानिसको उपचार गर्न विषालु सर्प नै आवश्यक पर्छ । विषालु सर्पले डसेको बिरामीको उपचारमा आवश्यक ‘एन्टी स्नेक भेनम्’ विषालु सर्पको विषबाटै बनाइन्छ ।

जामुनखाडीमा दुर्घटना, एकको मृत्यु १८ घाइते

access_time3 weeks ago

झापाको कनकाई नगरपालिका – १ जामुनखाडीमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जंगली च्याउ खाँदा चार घाइते

access_time3 weeks ago

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सानथाक्रामा जंगली च्याउ खाँदा ४ जना विरामी भएका छन् ।

श्रीमानमाथि खुकुरी प्रहार

access_time3 weeks ago

मोरङको लेटाङ नगरपालिका ४ मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते भएका छन् ।

भ्रष्टाचार गरेको जानकारी पाए एक घण्टाभित्र कारवाही : मुख्यमन्त्री राई

access_time3 weeks ago

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही गर्ने चेतावनी दिएका छन् ।

डिजिटल प्रविधिबाट पढाउँदै इलामका सामुदायिक विद्यालय

access_time3 weeks ago

देउमाई नगरपालिकाको जितपुर माध्यमिक विद्यालयमा चक र डस्टरको प्रयोग हुन छाडेको लामो समय भइसक्यो ।

आत्महत्या दुरुत्साहनको आरोपमा मुद्दा दर्ता

access_time3 weeks ago

आत्महत्या दुरुत्साहनको आरोपमा यहाँ एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ ।

क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

access_time3 weeks ago

म्याङलुङ क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

खुम्जुङ : संसारकै उचाइमा रहेको गाउँको कीर्तिमानै कीर्तिमान

access_time3 weeks ago

पर्यटकको रोजाइमा परेको खुम्जुङका महिला होटल व्यवसाय र पुरुषचाहि पर्वतारोहणतिर आकर्षित छन् ।

पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा

access_time3 weeks ago

झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा सुरु गरेका छन् ।

पाँचथरमा सुरु भयो ‘म अघि बढ्छु’ कार्यक्रम

access_time3 weeks ago

किशोर–किशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश नं १ मा सुरु भएको ‘म अघि बढ्छु’ कार्यक्रम पाँचथरमा समेत सुरु भएको छ ।

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

access_time3 weeks ago

भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।

बाख्रा पालनले फेरिएको जीवन

access_time3 weeks ago

 झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन ।

धरानमा डेंगुको महामारी झन् बढयो, संघीय र प्रदेश सरकार रमिते मात्रै !

access_time3 weeks ago

धरान उपमहानगरपालिकामा डेंगुको महामारी भएको छ । अहिलेसम्म डेंगुका कारण तीन जनाको मृत्यु समेत भइसकेको छ ।

प्रदेश १ लोकसेवा विधेयक पारित, कर्मचारी भर्नाको बाटो खुल्यो

access_time3 weeks ago

प्रदेश नम्बर १ प्रदेशसभाले प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।

पारिश्रमिकको रकम सामाजिक संस्थालाई

access_time3 weeks ago

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक संघसंस्थालाई प्रदान गएका छन् ।

धरानमा पहिलो पटक डिजेल प्लान्टबाट शव दहन

access_time3 weeks ago

धरानमा डिजल प्लान्टबाट शव दहन सुरु गरिएको छ । धरान उपमहानगरपालिका–१४ स्थित खत्री धारामा रहेको शवदाह स्थलमा निर्माण गरिएको डिजेल प्लान्ट शवदाहमा शनिबारदेखि शव दहन सुरु गरिएको हो ।

एयर होस्टेज हुँ भन्दै ठगी गर्ने युवती पक्राउ

access_time3 weeks ago

आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

नेपाली नोट र पासपोर्टमा बुद्धको तस्बिर राख्न माग

access_time3 weeks ago

गायक धिरज राईले नेपाली नोट र पासपोर्टमा बुद्धको तस्बिर राखिनुपर्ने माग गरेका छन् । बुद्ध वाज बर्न इन नेपाल अभियान सञ्चालन गर्दै आएका राईले विश्वभर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने बुझाउनका लागि नेपाली नोट र पासपोर्टमा बुद्धको फोटो राख्नु आवश्यक भएको बताए ।

घरायसी झगडाका कारण छुरा प्रहार गरी हत्या

access_time3 weeks ago

सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एकजनाको छुरा प्रहार गरी हत्या भएको छ ।

एयर होस्टेस भन्दै केटा फसाउने, पैसा नदिए आत्महत्याको धम्की दिने युवती झापाबाट पक्राउ

access_time3 weeks ago

आफू एयर होस्टेस भएको भन्दै सामाजिक सञ्जाल (फेसबुक)मार्फत ठगी गर्ने एक युवती प्रहरीको फन्दामा परेकी छिन् ।

 

प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान

access_time3 weeks ago

मोरङको रङ्गेली नगरपालिकास्थित काली मन्दिरमा भक्तजन एवं श्रद्धालुहरु आफ्नो मनोकांक्षा पूरा हुने कामनामा साथ दर्शन गर्न आउने गरेका छन् ।

पहिरोमा श्रीमती र दुई छोरा गुमाएका विष्णुकुमारलाई छ लाख राहत

access_time4 weeks ago

पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई प्रदेश नम्बर १ सरकारले राहत प्रदान गरेको छ ।

सुनकोशी गाउँपालिकाका वडा सचिवविरुद्ध बलात्कारको उजुरी

access_time4 weeks ago

सुनकोशी गाउँपालिका वडा नम्बर ७ का सचिव चेतबहादुर कटुवालविरुद्ध प्रहरीमा बलात्कारको उजुरी दर्ता भएको छ ।




menu LIVE TV
menu LIVE TV