प्रदेश २

लकडाउनको उल्लंघन गर्ने सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन

access_time10 hours ago

लकडाउनको उल्लंघन गर्ने प्रतिनिधिसभाका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । समाजवादी पार्टीका सांसद यादवले लकडाउनको उल्लंघन गरेर सीमावर्ती भारतीय क्षेत्रमा पुगेर क्वारेन्टाइनमा बसेका मानिसलाई भेटेका थिए ।

भारतबाट आउनेक्रम नरोकिएपछि चेकपोष्ट बढाइयो

access_time1 day ago

नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ ।

 

वीरगञ्ज कारागारबाट ३३ जना कैदीबन्दी छाडिए

access_time1 day ago

मुलुकमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ ।

एनएमबी बैंकद्वारा पिपिई प्रदान

access_time1 day ago

जनकपुरस्थित एनएमबी बैंकले बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई १०० थान पिपिई प्रदान गरेको छ ।

वीरगञ्जमा सरसफाई र सेनेटाइज अभियान तीव्र पारिँदै

access_time1 day ago

वीरगञ्ज महानगरपालिकाले कोरोनाा भाइरस संक्रमण हुन नदिन व्यापक स्यानेटाइज अभियान अघि बढाएको छ ।

आगलागीका डरले रातैभरि जाग्राम

access_time1 day ago

कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् ।

कोरोनाको लक्षण नदेखिएपछि खुशीसाथ क्वारेन्टाइनबाट फिर्ता

access_time1 day ago

स्वास्थ्य निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट ३७ जना खुशीसाथ घर फर्किएका छन् ।

म्याग्दीमा सडकमै लगाइयो भोटेताल्चा

access_time2 days ago

म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयवासीले भोटेताल्चा लगाएका छन् ।

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

access_time2 days ago

महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ जना भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् ।

आँपको मजुरामा मधुवा किराको प्रकोप, किसान चिन्तित

access_time3 days ago

आँपको मजुरामा मधुवा किराको प्रकोप, किसान चिन्तित

सहुलियत दरमा तरकारी पसल सञ्चालन

access_time3 days ago

सरकारले गरेको लकडाउनका मारमा परेका आफ्ना नागरिकलाई सहज र सहुलियत दरमा तरकारी उपलब्ध गराउने उद्देश्यका साथ लहान नगरपालिकाले सहुलियत पसल सञ्चालन गरेको छ ।

नेपाली कांग्रेसद्वारा ४० लाख सहयोग

access_time3 days ago

प्रदेश २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले सोमबार ४० लाख ७५ हजार सहयोग गरेको छ ।

स्वास्थ्य उपकरण उपलब्ध गराउन माग

access_time3 days ago

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमामा आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन राष्ट्रिय जनता पार्टीले माग गरेको छ ।

वनसुुरक्षा गस्तीटोली र तस्करबीच गोली हानाहान

access_time3 days ago

गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो ।

राहतकोषमा ४८ लाख जम्मा

access_time3 days ago

प्रदेश २ को सरकारले स्थापना गरेको कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजामती कर्मचारीबाहेक आजसम्म रु ४८ लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।

दुई हजार सवारी साधन नियन्त्रित

access_time3 days ago

अहिलेसम्म लकडाउन उल्लंघन गर्ने दुई हजार १३५ सवारी साधनलाई नियन्त्रणमा लिइएको तथा अत्यधिक मूल्य लिई कालोबजारी गर्ने २५ जनालाई कारवाही गरिएको छ ।

 

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी

access_time3 days ago

लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ ।

लकडाउनका कारण व्यावसायिक तरकारी खेती गर्ने किसान चिन्तित

access_time3 days ago

कोराना भाइरसका कारण सरकारले अह्वान गरेको लकडाउनका कारण उत्पादित तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् ।

प्रदेश २ मा काेराेना नियन्त्रणकाे लागि विज्ञ समूहको सुझाव पूर्ण पालना हुने

access_time3 days ago

कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सर्वसाधारणका लागि चामल बिक्री खुला

access_time4 days ago

लकडाउनका कारण सर्वसाधारणलाई खाद्यान्नको समस्या नहोस् भनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले आइतबारदेखि खुद्रा मूल्यमा चामल बिक्री खुला गरेको छ ।

कोरोना को जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतको आग्रह

access_time4 days ago

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस ‘कोभिड —१९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गरेका छन् ।

बुहारी हत्या आरोपमा सासु–ससुरासहित तीनजना पक्राउ

access_time4 days ago

बहुदरमाई नगरपालिका–८ रामनगरीमा बुहारीको हत्या आरोपमा सासु–ससुरासहिति तीनजना पक्राउ परेका छन् । २५ वर्षीया उर्मिला देवी पण्डितको हत्या आरोपमा उनका ससुरा ६० वर्षीय सुरेश पण्डित, उनकी ५५ वर्षीया श्रीमती फूलकुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवीलाई प्रहरीले शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

कोभिड–१९ को त्रासमा कैदीबन्दी

access_time4 days ago

कोभिड–१९ को सन्त्रासबीच महोत्तरी कारागारका कैदीबन्दी राम्ररी निदाउन पाएका छैनन् ।

प्रादेशिक अस्पताल जनकपुरको परीक्षणमा सबैको रिपोर्ट ‘नेगेटिभ’

access_time5 days ago

जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज प्रेस भेटघाटमा सो जानकारी गराएका हुन्।

बिरामीको नाममा यात्रु ओसार्ने तीन एम्बुलेन्स नियन्त्रण

access_time5 days ago

लकडाउनका बेला बिरामी भन्दै यात्रु ओसार्ने तीनवटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बिरामी भन्दै यात्रु ओसार्ने तीनवटा एम्बुलेन्सलाई चालकसहित शनिबार महेन्द्र राजमार्गबाट नियन्त्रणमा लिएको हो ।

 

मुसहर बस्तीमा छाड्यो चुल्हो बल्न

access_time5 days ago

सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका मोलीया सदाका घरमा तीन दिनदेखि चुल्हो बल्न सकेको छैन ।

 

कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ

access_time5 days ago

सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

विज्ञको जिम्मामा कोरोना संक्रमण रोक्ने नीति

access_time6 days ago

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई दिएको छ ।

लकडाउनको मारमा धनुषाका किसान

access_time6 days ago

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहँदा धनुषासहित तराई मधेसका जिल्लाका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ ।

कोरोना भाइरसको कारण बन्दी रिहा

access_time1 week ago

कोरोना भाइरस (कोभिड— १९) को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई बुधबार साँझ रिहा गरेको छ ।

११३ घरलाई खाद्यान्न वितरण

access_time1 week ago

कलैया उपमहानगरपालिका–४ मा बुधबार ११३ घरलाई खाद्यान्न वितरण गरिएको छ ।

राहत रकम वितरणका लागि विशेष निर्देशिका जारी

access_time1 week ago

प्रदेश २ ले लकडाउनका कारण आर्थिक सङ्कटमा परेका विपन्न परिवारका लागि स्थानीय सरकारलाई दिएको राहत रकम वितरण गर्ने सम्बन्धमा विशेष निर्देशिका जारी गरेको छ ।

लकडाउन आवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ

access_time1 week ago

कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई बुधबार पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ ।

प्रदेश २ सरकारद्वारा स्थापना गरेकाे राहत कोषमा दुई बैंककाे सहयाेग

access_time1 week ago

कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र सहयोगका लागि प्रदेश २ सरकारद्वारा स्थापना गरिएको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम जम्मा गरेका छन् ।

छतमै निर्माण गरिएको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य दिई चैती छठपर्व सम्पन्न

access_time1 week ago

आस्थाको महापर्व चैती छठपर्व अन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् ।

मुख्यमन्त्री राउतद्वारा सुरक्षित रहन अपिल

access_time1 week ago

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्कटको यो घडीमा आफ्ना् परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिले आपूmलाई नै सुरक्षित राख्न प्रदेशवासीसमक्ष अपिल गरेका छन् ।




menu LIVE TV
menu LIVE TV