समाचार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९३,६३७ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

access_time5 hours ago

पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ३ सय २६ र फ्रान्समा १ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै इटलीमा ६ सय १०, स्पेनमा ४ सय ४६, बेल्जियममा २ सय ८३, इरानमा १ सय १७ र जर्मनीमा १ सय २ जनाको मृत्यु भएको छ ।

प्रचण्डले गरे कोरोनासँग लड्न बेग्लै संयन्त्र बनाउने प्रस्ताव

access_time6 hours ago

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरससँगको लडाइँ सामूहिक बलमा जित्न सकिने भएको भन्दै एक उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन माग गरेका छन् ।

सडकमा छाडिएका बेवारिसे बाच्छाबाच्छीको उद्धार (भिडियो)

access_time6 hours ago

काठमाडौं । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, एस.पी.सि.ए र असहाय बाच्छाबाच्छी संरक्षण अभियानको संयुक्त पहलकदमीमा राजधानीका सडकमा बेवारिसे छाडिएका बाच्छाबाच्छीको उद्दार गरिएको छ ।

विभिन्न जिल्लाबाट घर फर्किएका ६७ भारतीय नेपाली सेनाकाे क्वारेन्टाइनमा

access_time6 hours ago

बाँके । नेपालका विभिन्न जिल्लाबाट घर फर्किदै गरेका ६७ भारतीय नागरिकलाई नेपाली सेनाले बनाएको एकान्तबासमा राखिएको छ । कोहलपुर नगरपालिका– ८ हवल्दारपुरस्थित राम माविमा स्थापना गरिएको अस्थायी एकान्तबासमा उनीहरुलाई राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

शुक्रबारदेखि विराटनगरबाट पनि स्वाब परीक्षण

access_time7 hours ago

माेरङ । शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि शुरु गरिने भएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्ने जानकारी दिए।

कोभिड-१९ नियन्त्रणमा यस्ताे छ कोरियाली अनुभव

access_time7 hours ago

चीनको वुहानबाट २०१९ डिसेम्बरमा देखा परेको कोभिड १९ (कोरोना भाइरस डिजिज २०१९) लाई विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ मा विश्वव्यापी महामारी घोषणा गरिसकेकोे छ । विश्वका २०० भन्दा बढी राष्ट्र प्रभावित भइसकेका, झण्डै विश्वको एक चौथाइभन्दा बढी जनसङ्ख्या लकडाउनमा रहेका र यसको न्यूनीकरण तथा उपचारका लागि विश्व नै सक्रिय रहेको अवस्था छ ।

आगलागी हुँदा चार घर जलेर नष्ट

access_time8 hours ago

लुम्बिनीमा आज साँझ आगलागी हुँदा चार घर जलेका छन् । पाँच बजे भएको आगलागीबाट लुम्बिनी सांस्कृतिक नगरपालिका ४, खम्हेगाउँका सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

मिस इङ्ल्याण्ड ताज त्यागेर यसकारण फर्किइन् भाषा डाक्टरी पेशामा

access_time8 hours ago

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न संकटप्रति संवेदनशील बन्दै सन् २०१९ की मिस इङ्ल्याण्ड भाषा मुखर्जी आफ्नो प्राप्त ताज त्यागेर पुरानै डाक्टरी पेशामा फर्किएकी छन् ।

विमान चार्टर्ड गर्दै गोर्खालीलाई 'कोरोनासँग लड्न' किन लाँदैछ बेलायत ?

access_time8 hours ago

शुक्रबार २५० जना ब्रिटिश नागरिक लगायत ब्रिटिश गोर्खा सेना र तिनका परिवार टिटन ऐयरवेजद्वारा बेलायततर्फ उड्दैछन् ।

टेलिकमको भ्वाइस तथा डाटा सेवामा निरन्तरता

access_time8 hours ago

काठमाडौं । नेपाल टेलिकमले विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ ।

पाँच दिनदेखि लागेको आगो नियन्त्रण भएन, स्थानीय बासिन्दा त्रसित

access_time8 hours ago

सिन्धुलीको दुधौली नगरापालिका ३ गाउँटोल खुटेपानी चुरे जंगलमा पाँच दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

निर्माण व्यवसाय विकास परिषद्ले कोरोना रोकथामका लागि सातै प्रदेशलाई १३ लाख उपलब्ध गराउने

access_time9 hours ago

काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशलाई १३ लाखको दरले रकम उपलब्ध गराउने भएको छ ।




menu LIVE TV
menu LIVE TV